यु-१७ राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका बाराका दुई खेलाडीलाई सांसद मैनालीले गरे सहयोग


eShilalekh

१ फाल्गुन २०७९, सोमबार २०:५९

सिमराः यूईएफए असिस्ट यु-१७ महिला च्याम्पियनसिप प्रतियोगिताका लागि राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षणमा पर्न सफल बाराका दुई खेलाडीलाई सांसद अच्युत मैनालीले सहयोग गरेका छन् ।

नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् बारा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मैनालीले गोलरक्षक करुणा बुढाथोकी र मिडफिल्डर दिलमाया घिसिङलाई खेलकुद सामाग्री सहयोग गरेका हुन् । बन्द प्रशिक्षणमा छानिएका खेलाडीलाई मैदानमै पुगेर सांसद मैनालीले खेल पोशाक हस्तान्तरण गरेको स्वकीय सचिव दामोदर मैनालीले जानकारी दिए ।

दक्षिण एशियाली फूटबल महासंघ (साफ) ले आयोजना गर्न लागेको यूईएफए असिस्ट यु–१७ महिला च्याम्पियनसिप मार्च २० देखि ३१ सम्म बंगलादेशमा आयोजना हुँदैछ । उक्त प्रतियोगिताका लागि अखिल नेपाल फूटबल संघले एन्फा कम्प्लेक्समा यु-१७ का खेलाडी छनौट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्