एमाले नेता साहको उपचारका क्रममा निधन
सिमराः नेकपा एमाले बाराका नेता राजाराम साहको उपचारको क्रममा निधन भएको छ । आन्द्रामा समस्या देखिएपछि केही दिनदेखी काठमाडौंस्थित बीर अस्पतालमा उपचार गराईरहेका साहको निधन भएको हो ।
जीतपुरसिमरा २ निवासी साह व्यवसायी समेत हुन् । उनि सिमरास्थित छठीमाई मन्दिर व्यवस्थापन समितिमा समेत सक्रिय रहदै आएका थिए ।
हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समयमा उनि लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए ।