जीतपुरसिमरा र परवानीपुरमा एमालेको बैठक सम्पन्न, ग्रासरुट अभियानमा केन्द्रीत हुने निर्णय


eShilalekh

१३ फाल्गुन २०७९, शनिबार २०:००

सिमराः नेकपा एमाले जीतपुरसिमरा नगर कमिटीको बैठक शनिवार सम्पन्न भएको छ । सिमरास्थित जिफन्ट कार्यालयमा सम्पन्न बैठकले मिसन ग्रासरुट अभियानलाई सफल बनाउन केन्द्रीत हुँदै विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ ।

बैठकले फाल्गुन २१ गते भित्र २४ वटै वडा कमिटीको बैठक सम्पन्न गर्ने, चैत्र १५ गतेभित्र सदस्यता नविकरण सम्पन्न गर्ने, पालिका सभा दल गठन गर्ने, २१ गतेभित्र जनसंगठनको नगर स्तरीय बैठक सम्पन्न गर्ने, वडा र टोलमा पार्टीको कमिटी गठन र पुर्नगठन गर्ने, राजनीतिक तथा वैचारिक प्रशिक्षणको आयोजना गर्नेलगायतको निर्णय गरेको छ ।

एमाले पोलिटव्युरो सदस्य एवम् मधेस प्रदेश सहइन्चार्ज पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठक ग्रासरुट अभियान केन्द्रीत थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका पौडेलले जनताको पार्टीको रुपमा स्थापित एमालेलाई थप बलियो र सुदृढ बनाउन ग्रासरुट अभियान प्रभावकारी हुने बताए ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवम् जीतपुरसिमरा उपमहानगरपालिकामा केन्द्रीय प्रतिनिधिका रुपमा खटिएका अरविन्द सिंहले ग्रासरुट अभियानको उदेश्य र यसले हासिल गर्न चाहेका उपलब्धिलाई कार्यकर्तामाझ लैजानुपर्ने बताए । उनले ग्रासरुट अभियानलाई सफल बनाउन पार्टी र जनसंगठनको सबै तहमा रहेका नेताकार्यकर्ताको भूमिका अहम हुने बताए ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य सुन्दर विक, एमाले प्रदेश कमिटी सदस्य मनोज पौडेल, किशोर शर्मा, दिनेश्वर ठाकुर, चयन गुरुङ, राजमहमद राय, सिता सुवेदी, जिल्ला सचिवालय सदस्य अमृतलाल श्रेष्ठ, ताराबहादुर कार्की, जिल्ला कमिटी सदस्य कमला घिमिरे, रमेश सापकोटा, रमेश खरेल, भावना आचार्यसहित जीतपुरसिमरा उपमहानगरपालिका भित्रका जिल्ला कमिटी सदस्य, नगर कमिटी सदस्य, उपमहानगरपालिकामा निर्वाचित वडाध्यक्ष, वडा कमिटीका अध्यक्षलगायतको उपस्थिती रहेको थियो ।

नगर कमिटी अध्यक्ष भोलाप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण उपसचिव त्रिलोक बिक्रम शाहले गरेका थिए । कार्यक्रमममा उपसचिव झपेन्द्र बरालले स्वागत मन्तब्य राखेका थिए ।

परवानीपुरमा भेला सम्पन्न

यसैगरी परवानीपुर गाउँपालिकामा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । गाउँपालिकामा ग्रासरुट अभियानलाई सफल बनाउनका लागी योजना निर्माण गर्न बैठक सम्पन्न भएको हो ।

केन्द्रीय प्रतिनिधि सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा एमाले परवानीपुर गाउँपालिकाका संयोजक एवम् गाउँपालिकाका अध्यक्ष राम क्षत्री कुर्मी, एमाले मधेश प्रदेश कमिटी सदस्य मोबिन आलम, उमेश गुप्ता, राज महम्मद राय, जिल्ला सचिवालय सदस्य ध्रुवप्रसाद यादव, जिल्ला कमिटी सदस्य सुरेश यादव, वडा नं. २ का वडा अध्यक्ष महम्मद नुरुल होदा मिया, ३ का वडा अध्यक्ष इब्राहिम मियाँ धोबी, गाउँपालिका कार्यपालिका सदस्य जगदिश राम, स्थानीय अगुवा नेता कार्यकर्ता प्रभुप्रसाद यादव, रामबालक महतो, सल्दिन मियाँ, श्यामनारायण साहलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्