जीतपुरसिमरा २ मा एमालेको विस्तारित बैठक सम्पन्न
सिमराः नेकपा एमालेको केन्द्रीय अभियान मिसन ग्रासरूट अन्तर्गत शनिवार जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २ को वडा कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ ।
बैठकले चैत्र १५ गते भित्र पार्टी सदस्यता नविकरण तथा नयाँ सदस्यता विस्तार गर्ने, पार्टीको टोल कमिटीलाई सक्रिय र विस्तार गर्ने तथा जनसंगठनहरूको अधिवेशन गर्ने निर्णय गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवम् ग्रासरूट केन्द्रीय प्रतिनिधि अरविन्द सिंहले एमालेलाई सुदृढीकरण गर्न तथा पार्टी सदस्य विस्तार गर्न मिसन ग्रासरूटको भूमिका महत्वपूर्ण रहेको बताए । एमालेको शक्ति पार्टी सदस्य रहेको बताउदै सिंहले टोल तथा वडातह सम्म रहेका सदस्यलाई प्रशिक्षण गर्न, व्यवस्थित तरिकाले कमिटी संचालन गर्न, जनसंगठनहरूको अधिवेशन सम्पन्न गर्न, सदस्यता नविकरण तथा नयाँ सदस्य बिस्तार गर्न केन्द्रीय सर्कुलर अनुसार देशैभर अभियान संचालन भएको बताएका छन् ।
कार्यक्रममा प्रदेशसभा सदस्य एवम् एमाले मधेश प्रदेश कमिटी सदस्य देवनारायण चौधरी, सुन्दर बिश्वकर्मा, प्रदेश कमिटी सदस्य किशोर शर्मा, जिल्ला कमिटी सदस्य कमला घिमिरे, सिमा ठकुरीलगायत नगर कमिटी तथा वडा कमिटीका सदस्यको उपस्थिति रहेको थियो ।
वडा कमिटी अध्यक्ष रबिन्द्र खकुरेलको अध्यक्षतामा सम्पन्न बैठकको संचालन सचिव बिशाल घिमिरे गरेका थिए भने स्वागत मन्तव्य उपसचिव श्रीराम रेग्मीले राखेका थिए ।