मिसन ग्रासरुटः जीतपुरसिमराका १२ वटा वडाको बैठक एकै दिन सम्पन्न


eShilalekh

२० फाल्गुन २०७९, शनिबार १८:३१

सिमराः नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका भित्रका १२ वटा वडाको बैठक तथा भेला शनिवार एकै दिन सम्पन्न भएको छ । ग्रासरुट अभियानलाई टोलटोलमा लैजाने निर्णय गरेको एमालेले वडातहको भेला र बैठकलाई निरन्तरता दिदै आएको छ ।

अभियान अन्तर्गत वडा नं. १२ फत्तेपुरमा भेला सम्पन्न भएको छ । प्रदेश कमिटी सदस्य मनोज पौडेलको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । भेलालाई सम्बोधन गर्दै पौडेलले बिदेशीको चलखेल र दबाबमा परेर प्रचण्डले एमालेलाई धोका दिएको बताए । प्रचण्डलाई देउवाले मिल्क्याउदा एमालेले उद्घार गरेर प्रधानमन्त्री बनाएको बताउदै नेता पौडेलले धोकेबाजी गर्ने प्रचण्डको अब दिन गन्ती सुरु भएको दाबी गरे ।

वडा कमिटी अध्यक्ष मनोजकुमार रायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश कमिटी सदस्य राज महम्मद राय, जिल्ला कमिटी सदस्य रुस्तम अंसारी, वडाध्यक्ष श्यामबाबु खाँल, होमनाथ पण्डितगायतको उपस्थिती रहेको थियो ।

यसैगरी वडा नं. १ मा विस्तारित बैठक सम्पन्न भएको छ । भेलामा नेता पौडेलसहित प्रदेश कमिटी सदस्य किशोर शर्मा, जिल्ला सचिवालय सदस्य अमृतलाल श्रेष्ठ, जिल्ला कमिटी सदस्य सिमरा ठकुरी, कासिम हुसेन, नेता रमेश खरेल, गोपाल सापकोटालगायतको उपस्थिती रहेको थियो । बैठक वडा कमिटी अध्यक्ष इश्वर थपलियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यसैगरी मिसन ग्रासरुट अन्तर्गत वडा नं. ८, ९, १०, ११, १८, १९, २०, २१, २२ मा भेला तथा बैठक सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्