जसपाले बाराका सांसद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने


eShilalekh

२५ फाल्गुन २०७९, बिहीबार १७:४५

सिमराः जनता समाजवादी पार्टीले बारा क्षेत्र नं. २ का सांसद एवम् पूर्वमन्त्री रामसहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

काठमाडौंमा बिहिवार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले जसपाको संसदीय दलको नेता समेत रहेका यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सरकार गठबन्धनमा रहेका आठ दलबीच कांग्रेसले राष्ट्रपति र जसपाले उपराष्ट्रपति लिने सहमती भएको थियो । सहमति अनुरुप कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भइसकेका छन् ।

जसपाको निर्णयसंगै यादव उपराष्ट्रपतिमा निर्वाचित हुने सम्भावना बलियो भएको छ । उपराष्ट्रपतिमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उम्मेदवार नउठाउने संकेत गसिकेको छ ।

उपनिर्वाचन लड्ने तयारीमा उपेन्द्र यादव

बारा क्षेत्र नं. २ का सांसद रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उनको स्थानमा जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले चुनाव लड्ने तयारी गरेका छन् ।

मंसिर ४ गतेको निर्वाचनमा सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसंग पराजित भएका यादव बारा २ बाट उम्मेदवार बन्ने तयारी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्