जनयुद्धको समयमा ज्यान गुमाउने बाराका ७२ जना राष्ट्रिय सहिद (नामावलीसहित)
सिमराः सरकारले जनयुद्धका क्रममा ज्यान गुमाएका सबैलाई राष्ट्रिय सहिद घोषणा गरेको छ । देशको ७७ वटै जिल्लाबाट विवरण संकलन गरी सरकारले सबैलाई राष्ट्रिय सहिद घोषणा गरेको हो ।
सरकारले राजत्रपमा प्रकाशित गरेको राष्ट्रिय सहिदको सूचिमा बाराका ७२ जना रहेका छन् । सशस्त्र संघर्ष र क्रान्तिका क्रममा ज्यान सहादत प्राप्त गरेका व्यक्तिलाई सम्मानस्वरुप राष्ट्रिय सहिद घोषणा गरेको सरकारद्धारा प्रकाशित राजपत्रमा उल्लेख गरिएको छ ।
फागुन १५ गते बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले जनयुद्धदेखि विस्तृत शान्तिसम्झौतासम्म ज्यान गुमाएका सबैलाई राष्ट्रिय सहिदको मान्यता दिदै राजपत्रमा नामावली प्रकाशन गर्ने निर्णय गरेको थियो ।
७२ जना सहिदको नामावलीः