मोटरसाईकल दुर्घटना : दुईको मृत्यु, एक घाईते


eShilalekh

२८ कार्तिक २०७८, आईतवार २१:२३

सिमरा : बाराको कोल्हबीमा भएको मोटरसाईकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक घाईते भएका छन् ।

कोल्हबी १ स्थित बिटौलिया चोकमा भएको दुर्घटनामा स्थानिय २० वर्षिय सागर चौधरी र १९ वर्षिय मदन चौधरीको मृत्यु भएको हो । उपचारका लागि वीरगन्ज लगिएका उनिहरुको अस्पतालमा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए


दुर्घटनामा घाईते भएका २० वर्षिय अशोक चौधरीको वीरगन्जस्थित न्युरो अस्पतालमा उपचार भईरहेको छ । मोटरसाईकलमा तीन जना सवार थिए । उनिहरु चढेको मोटरसाईकल बिटौलियास्थित स्वास्थ्य चौकीमा ठोक्किन पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्