सुमोको ठक्करबाट प्रहरी जवान घाईते


eShilalekh

२८ कार्तिक २०७८, आईतवार २१:२९

सिमरा : बाराको सिमरास्थित जगदम्बा स्टील्स् अगाडी सुमोले ठक्कर दिदा एक प्रहरी जवान घाईते भएका छन् । घाईते हुनेमा प्रहरी जवान अम्बुज सिंह रहेका छन् ।


पथलैयाबाट सिमरातर्फ आउदै गरेको ना १ ज २०८३ नम्बरको सुमोले सिंहलाई जगदम्बा स्टील्स् अगाडी ठक्कर दिएको थियो । तिब्र गतिमा रहेको सुमोले ठक्कर दिदा सिंहको टाउकोमा गम्भिर चोट लागेको छ ।


सिंहको वीरगन्जस्थित न्युरो अस्पतालमा उपचार भईरहेको छ । सिमरास्थित अल्पाईन अस्पतालमा उपचार गराई थप उपचारका लागि वीरगन्ज पठाइएको ईलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक मनोजित कुवरले जानकारी दिए ।


सिंह जगदम्बा स्टील्स् उद्योगको सुरक्षार्थ खटिएका थिए । प्रहरीले सिंहलाई ठक्कर दिने सुमोलाई नियन्त्रणमा लिएको छ । ठक्कर दिएलगत्तै फरार भएका चालकले नेपाल टेलिकम अगाडी सुमो छाडेर भागेको प्रहरीको भनाई छ । फरार भएको सुमो नियन्त्रणमा लिन स्थानियले सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्