कार्कीको नेतृत्वमा मोबाईल व्यवसायी संघको प्रदेश समिति गठन
सिमराः नेपाल मोबाईल व्यवसायी संघको मधेस प्रदेशको तदर्थ समितिमा बाराका मोहन कार्की चयन भएका छन् । सिमरामा रहेर मोबाईल व्यवसाय संचालन गर्दै आएका कार्कीको नेतृत्वमा २७ सदस्यीय तदर्श समिति चयन गरिएको हो ।
संघको बारा जिल्लाका अध्यक्ष समेत रहेका कार्की सिमरास्थित सुरक्षा इन्टरप्राइजेजका संचालक हुन् । मोबाईल व्यवसायीको हकहितका लागि बारामा केही समयदेखि मोबाईल व्यवसायी संघ सक्रिय रहदै आएको छ ।
जिल्लाबाट प्रतिनिधित्व गर्दै बर्दिबासमा आयोजित प्रदेश स्तरीय भेलामा सहभागी भएका कार्कीलाई प्रदेशको समेत जिम्मेवारी दिइएको छ । नवगठित समितिको उपाध्यक्ष सुरेन्द्रकुमार शर्मा, चयन भएका छन् ।
महासंघका केन्द्रीय सदस्य एवम् निर्वाचन आयुक्त छतेन्द्र आचार्यको उपस्थितीमा गठित समितिको सदस्यमा कृष्ण जयसवाल, रामहरी थापामगर, महादेव शर्मा, शहुलकुमार साह, लालबाबुप्रसाद साह, लक्ष्मी दास, महमद हमिद रेजा, जिवन सिल्पकार, रमेश श्रेष्ठ, सुदीप भण्डारी, अनिलकुमारी सिंह, रामसुदिश महतो, सुवासचन्द्र बानियाँ, मोहमद अलि हुसेन, वीरेन्द्रप्रसाद गुप्ता, शषीभुषण शर्मा, रुप यादव, इरफान आलम, सिविन्द्रप्रसाद साह र सुशिलप्रसाद साह चयन गरेका छन् ।
महासंघका प्रदेश संयोजक लालबाबु साहको अध्यक्षतामा सम्पन्न भेलामा केन्द्रीय अध्यक्ष भरत भट्टराईलगायत सहभागी थिए ।