प्रसौनी गाँउपालिकामा एमाले निकट जनसंगठनको भेला सम्पन्न


eShilalekh

१७ चैत्र २०७९, शुक्रबार ०८:४४

सिमराः प्रसौनी गाँउपालिकामा नेकपा एमाले निकट जनसंगठनको भेला सम्पन्न भएको छ । भेलाले विभिन्न जनसंगठनको पालिका स्तरीय कमिटी गठन गरेको छ ।

मिसन ग्रासरुट अन्तर्गत आयोजित भेलाले ललिन्द्र पटेलको नेतृत्वमा राष्ट्रिय युवा संघ नेपाल, ललिता देवीको नेतृत्वमा अखिल नेपाल महिला संघ, ललन पटेलको नेतृत्वमा अखिल नेपाल किसान महासंघ, मुन्ना पासवानको नेतृत्वमा नेपाल उत्पीडित जातीय मुक्ती समाज, नरेश मुखियाको नेतृत्वमा अखिल नेपाल पिछडावर्ग महासंघ र जुमराती मंसुरीको नेतृत्वमा नेपाल मुस्लिम इत्तेहाद संगठनको पालिका स्तरीय कमिटी गठन गरेको हो ।

नेकपा एमालेका केन्द्रीय सदस्य अरविन्द सिंहको प्रमुख आतिथ्यतामा आयोजित भेलामा प्रदेश कमिटी सदस्य मनोज पौडेल, प्रसौनी गाँउपालिकाका अध्यक्ष एवम् प्रदेश कमिटी सदस्य विनोद जसयवाल, सुनिल पाललगायतको उपस्थिती रहेको थियो ।

भेलामा चैत्र १८ गते आयोजना गर्न लागिएको पालिकास्तरी प्रशिक्षण कार्यक्रममा जनसंगठनबाट उत्साहजनक सहभागिता गराउने निर्णय भएको प्रदेश कमिटी सदस्य पौडेलले जानकारी दिए ।

यसैगरी मिसन ग्रासरुट अन्तर्गत अनेरास्ववियु जीतपुरसिमरा नगर कमिटीको बैठक सम्पन्न भएको छ । नगर कमिटी अध्यक्ष इश्वर बस्नेतको अध्यक्षतामा सम्पन्न बैठकमा अनेरास्ववियुकी केन्द्रीय सचिव अन्जना शिवाकोटी, एमाले केन्द्रीय सदस्य अरविन्द सिंह, प्रदेश कमिटी सदस्य मनोज पौडेल, केन्द्रीय सदस्य लक्ष्मी तिमिल्सना, जीतपुरसिमरा २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, जिल्ला अध्यक्ष सरोज खनाल, जिल्ला सहसचिव संगिता गौतम, निर्जल घिमिरेलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्