जीतपुर सिमरा गोल्डकप : हेटौडासँग सुदूरपश्चिम स्तब्ध


eShilalekh

१३ असार २०७८, आईतवार ०२:२३
सुदूरपश्चिमविरुद्ध बल अघि बढाउदै हेटौँडाका खेलाडी (सेतो) ।

सिमरा : सुदूरपश्चिम-११ धनगढीलाई स्तब्ध पार्दै हेटौडाको विजय युथ क्लब सिमरामा जारी जीतपुरसिमरा गोल्डकपको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रबार साँझ भएको खेलमा सुदूरपश्चिमलाई २-० ले पराजित गर्दै विजय युथ अन्तिम चारमा प्रवेश गरेको छ । 

सुदुरपश्चिममाथि सहज जित हात पारेको विजय युथले अन्तिम चारमा संकटासंगको भेट पक्का गरेको छ । विजय युथको जितमा नवराज गुरुङ र विकास लामाले समान एक/एक गोल गरे । विजय युथले खेलको १६ औं मिनेटमा नवराजको गोलबाट अग्रता लिएको थियो । डिबक्स भित्र वन भर्सेस वनको स्थितिमा रहेको बललाई नवराजले गोलमा परिणत गरेका थिए । उनको प्रहारलाई सुदूरपश्चिमका गोल रक्षक सुजित बिसिले ठम्याउन सकेनन् । 

खेलको सुरुवातदेखि आक्रामक देखिएको हेटौडाले अग्रता लिएपछि सुदूरपश्चिम दवाबमा देखियो । हेटौडाविरुद्ध खेलमा फर्कन प्रयास गरेपनि सफलता हात नपारेको सुदूरपश्चिमले पहिलो हाफमा केही अवसर खेर फाल्यो । खेलको १८ औं मिनेटमा सुदूरपश्चिमका विनोद केसीले गरेको प्रहार विजय युथका गोलरक्षक अशोक बरालले बचाउ गरे । खेलको ३६ औं मिनटमा सुदूरपश्चिमले बराबरी गोल गर्ने अर्को अवसर गुमायो । सुनील धामीको क्रस बलमा शक्ति राइको प्रहारलाई हेटौडाका गोलरक्षक बरालले नियन्त्रणमा लिए । 

सुदुरपश्चिमविरुद्ध अग्रता लिएपछि रक्षात्मक देखिएको हेटौडाले खासै अवसर बनाउन सकेन् । पहिलो हाफमा कमजोर प्रदर्शन गरेको सुदूरपश्चिमले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै खेलमा फर्कन कोसिस गरेपनि सफल हुन सकेन् । सुदूरपश्चिमका लागि हेटौडाका रक्षापंक्ती बाधक बन्न पुगे । 

फिनिसिङमा चुकेको सुदूरपश्चिमले खेलको ७५ औं मिनेटमा दोस्रो गोल खान पुग्यो । सुदूरपश्चिमका सुनिल धामिले हेटौडाका सन्तबहादुर गुरुङलाई लडाएपछि पाएको फ्रिकिक बलमा विकास लामाले गोल गरे । करिब २५ यार्ड टाढाबाट उनले गरेको प्रहारले सिधै जाली चुम्यो । 

खेलमा २-० ले पछि परेको सुदूरपश्चिमले खेलको ८८ औं मिनेटमा पाएको अन्तिम अवसर खेर फाल्दा हार ब्यहोर्न बाध्य भयो । विनोद केसीको क्रसबललाई शक्ति राईले डिबक्स भित्र नियन्त्रणमा लिन नसक्दा गोल फर्काउने अवसर गुमायो । खेलको म्यान अफ दि म्याच हेटौंडाका नवराज गुरुङ घोषित भए । उनले पाँच हजार नगद प्राप्त गरे । 

प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा शनिबार हिमालयन शेर्पा क्लब र आयोजक नव जनजागृती युवा क्लब प्रतिस्पर्धा गर्दैछन् । आयोजकले पहिलो खेलमा बाग्मती गाउपालिकालाई ४-२ ले पराजित गर्दै हिमालयन शेर्पासँगको भेट पक्का गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्