निजगढ सामुदायिक अस्पताल समितिको अध्यक्षमा न्यौपाने


eShilalekh

१४ जेष्ठ २०८०, आईतवार २०:४६

सिमराः निजगढ सामुदायिक अस्पताल संचालक समितिको अध्यक्षमा माधव न्यौपाने चयन भएका छन् । समितिको आइतबार सम्पन्न २४औं साधारण सभाले न्यौपानेको अध्यक्षतामा संचालक समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा सावित्री भारती, सचिव कैलाशबहादुर केसी, सहसचिव सरिता राई, कोषाध्यक्ष भाइकाजी श्रेष्ठ रहेका छन् । यसैगरी समितिको सदस्यमा मुकुन्द पौडेल, सीतादेवी रिसाल, समुन्द्र नेपाल र रामबाबु पौडेल चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्