हलखोरियाको अध्यक्ष पदमा भट्टराईलाई अघि सार्दै कांग्रेस


eShilalekh

२६ जेष्ठ २०८०, शुक्रबार १०:११

सिमराः हलखोरिया साझेदारी वन व्यवस्थापन समितिको अध्यक्षका लागी नेपाली कांग्रेसले विकल्प भट्टराईलाई अघि सार्ने भएको छ । अध्यक्ष पदको उम्मेदवार चयन गर्न बिहिवार बसेको बैठकले भट्टराईलाई अघि सार्ने निर्णय गरेको हो ।

कांग्रेस जिल्ला सभापति राजेश राय रादवको उपस्थितीमा सहमती जुटेको हो । अध्यक्षका लागि भट्टराईसहित वर्तमान अध्यक्ष रविन्द्र सिंह, काँग्रेस जीतपुरसिमरा १५ का वडा सभापती ओम पाण्डे, हरिलाल यादव र जटाशंकर सहनी आकांक्षी थिए । पाँचै जनाको सहमतीमा भट्टराईलाई साझा उम्मेदवरका रुपमा अघि सार्ने निर्णय भएको वडा सभापति पाण्डेले जानकारी दिएका छन् ।

वन व्यवस्थापन समितिको निर्वाचनलाई राजनीतिक लडाईंका रुपमा लिने गरिएको छ । कांग्रेसले उम्मेदवारको टुंगो लगाएपनि अन्य दलमा भने छलफलमा व्यस्त छन् ।

समितिको पाँचौ अधिवेशन शुक्रवार सुरु हुँदैछ । अधिवेशनको बन्दसत्रमा सहमती नजुटे नयाँ नेतृत्वका लागि शनिवार निर्वाचन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्