निर्माणाधिन योजनाको अनुगमनमा प्रदेशसभा सदस्य चौधरीको सक्रियता


eShilalekh

२९ जेष्ठ २०८०, सोमबार २०:१४

सिमराः मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत निर्माणाधिन योजनाको अनुगमनमा सक्रियता देखाएका छन् । निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत आफूले विनियोजन गरेको योजना निर्माणको अवस्था बुझ्न चौधरीले अनुगमन गरिरहेका हुन् ।

चौधरीले जीतपुरसिमरा २ स्थित १० लाखको लागतमा निर्माण भईरहेको मुसहर्नीमाई मन्दिर र वडा नं. १ मा १० लाखको लागतमा निर्माण भईरहेको सडक ढलानको अनुगमन गरेका छन् । चौधरीले सबै योजनाको अनुगमन गर्ने बताएका छन् ।

निर्माणको जिम्मा लिएका उपभोक्ता समिति र ठेकेदारले गरेका काम सन्तोषजनक रहेनरहेको बुझ्न चौधरी एक्लै अनुगमनमा हिड्न थालेका हुन् ।

बारा निर्वाचन क्षेत्र नं. ४(१) बाट निर्वाचित चौधरीले चालु आर्थिक वर्षमा आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सबै वडालाई समेटेर बजेट विनियोजन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्