मोटरसाइकल चोरीमा संलग्न सात पक्राउ, १२ मोटरसाइकल बरामद


eShilalekh

११ श्रावण २०८०, बिहीबार २१:५९

सिमराः जिल्लाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी बिक्रीमा संलग्न सात जनालाई पक्राउ गरी प्रहरीले विहिवार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बारामा आयोजित पत्रकार सम्मेलनमा विभिन्न समयमा पक्राउ परेका सात जनालाई १२ वटा मोटरसाइकलसहित सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका १६ का १८ वर्षीय विर्धोज वाईवा, १९ वर्षीय सुदर्शन बोम्जन, कलैया उपमहानगरपालिका २० का २० वर्षीय दीपेन्द्रकुमार महतो, १९ वर्षीय राधेश्याम महतो, २१ वर्षीय सतेन्द्रकुमार गुप्ता, महागढीमाई नगरपालिका ९ का २० वर्षीय राजिनन्द महतो र चन्द्रपुर नगरपालिका २ का पंचलाल ब्लोन रहेका छन् ।

जिल्लाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी छिमेकी जिल्ला र भारतसम्म लगेर विक्री गर्न सक्रिय रहेका सात जनालाई पक्राउ गरिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । पक्राउ परेका व्यक्तिले मोटरसाइकल चोरी गरी विक्री गरेको बयान प्रहरीलाई दिएको प्रहरी उपरीक्षक बोगटीले बताए ।

प्रहरी उपरीक्षक बोगटीका अनुसार चोरीमा संलग्न अन्य केहीको पहिचान भएको र उनिहरु फरार रहेकाले खोजी भईरहेको छ । पक्राउ परेकालाई चोरी तथा डाका अभियोगमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए ।

प्रहरीले बरामद गरेको मोटरसाइकलको विवरणः

प्रतिक्रिया दिनुहोस्