पत्रकार अधिकारी केन्द्रीय सदस्यमा निर्वाचित


eShilalekh

२० मंसिर २०७८, सोमबार ०७:५७

सिमरा: बाराका पत्रकार महेश्वर अधिकारी प्रेस सेन्टरको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । सेन्टरको चितवनमा सम्पन्न चौथो महाधिवेशनबाट अधिकारी केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।

अधिवेशनले सर्वसम्मत चयन गरेको केन्द्रीय कमिटिमा निर्वाचित अधिकारी पत्रकार महासंघ प्रदेश २ को सदस्य समेत हुन् । अधिकारी फरक नेपाल डटकमको अध्यक्ष र निजगढखबर साप्ताहिकको कार्यकारी सम्पादक हुन् ।

पर्साबाट तीन जना केन्द्रीय सदस्य
प्रेस सेन्टरको महाधिवेशनबाट पर्साका तीन जना केन्द्रीय सदस्य निर्वाचित भएका छन । सेन्टरका नेता गोविन्द देवकोटासहित कृष्णउदास खनाल र निरज पिठाकोटे केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्