जबरजस्ती करणीको मुद्धामा फरार व्यक्ति पक्राउ
सिमराः बाराकी एक किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौंबाट पक्राउ परेको छ । पक्राउ पर्नेमा करैयामाई गाउँपालिका ४ का २६ वर्षीय पानालाल पासवान रहेका छन् ।
पासवानलाई काठमाडौं महानगरपालिका ३ स्थित बसुन्धाराबाट प्रहरीले नियन्त्रणमा लिएको हो । उनीमाथी गत पुस १६ गते १४ वर्षीया किशोरीमाथी बलत्कार गरेको आरोप छ । घटनापछि फरार रहदै आएका उनलाई प्रहरीले खोजीको सूचीमा राखेको थियो ।
पक्राउ परेका पासवानलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी जबरजस्ती करणी मुद्धामा अनुसन्धान थालिएको बारा प्रहरीले जनाएको छ ।