लैंगिक हिंसामा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वनल


eShilalekh

२५ मंसिर २०७८, शनिबार १०:०१

सिमरा: निजगढ नगरपालिकाले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान कार्यक्रम दीप प्रज्वलन गर्दै समापन गरेको छ । अभियानका क्रममा विभिन्न रचनात्मक क्रियाकलाप गर्दै आएको नगरपालिकाले लैंगिक हिंसाबाट ज्यान गुमाएकाको सम्झनामा शुक्रवार दीप प्रज्वलन गरेको हो ।

दीप प्रज्वनलमा निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछाने खनाल, प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्की, प्रशासन प्रमुख रविन घिमिरेसहित निजगढ नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि र स्थानियको उपस्थिती रहेको थियो ।

यस वर्ष ‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ नाराका साथ अभियान सुरु भएको थियो । प्रत्येक वर्ष नोबेम्बर २५ देखी डिसेम्बर १० सम्म यो दिवस मनाईने गरिन्छ । दिवसको सुरुवात प्रभातफेरी र चेतनामुलक र्‍याली निकालेको नगरपालिकाले यस बीचमा सडक नाटकसहित विभिन्न कार्यक्रमको आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्