एड्सबाट दिवंगत भएकाको सम्झनामा दीप प्रज्वलन
सिमराः विश्व एड्स दिवसको अवसरमा शुक्रबार सिमरामा दीप प्रज्वलन गरिएको छ । एचआइभी/एड्सको संक्रमणबाट दिवंगत भएको सम्झनामा दीप प्रज्वलन गरिएको हो ।
लायन्स क्लब अफ सिमरा युथ, रिकभरिङ नेपालको सहयोग र नयाँ गोरेटो पुर्नस्थापना केन्द्रको आयोजनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हो । पुर्नस्थापना केन्द्रको भवनमा आयोजित कार्यक्रममा क्लब र केन्द्रका सदस्यको उपस्थिती रहेको थियो ।
‘समुदायको नेतृत्वमा एड्सको नियन्त्रण गरौं’ भन्ने नाराका साथ यस वर्ष ३६औं एड्स दिवस मनाइएको छ । एड्स दिवका अवसरमा बाराका विभिन्न स्थानमा कार्यक्रम सम्पन्न भएको छ ।
बिजामद्धारा अन्तक्र्रिया
एड्स दिवसको अवसरमा विद्यार्थी जागरण मञ्ज (बिजाम) ले सिमरामा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ । सिमरास्थित सुर्य नेपालसंगको सहकार्यमा बिजामले कार्यक्रम सम्पन्न गरेको हो ।
यसैगरी निजगढमा पनि एड्स दिवसको अवसरमा दीप प्रज्वलन गरिएको छ ।