जनप्रतिनिधिबाट राजीनामा दिएर पण्डित बने सहकारी संचालक समिति अध्यक्ष
सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १२ का वडासदस्य होमनाथ पण्डितले आफ्नो पदबाट राजीनामा दिएका छन् । २०७९ सालमा नेकपा एमालेबाट निर्वाचित भएका पण्डित पदबाट राजीनामा दिएर सहकारी संचालक समितिको अध्यक्ष बनेका छन् ।
राजीनामा स्वीकृत भएलगत्तै पण्डित डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाको २८औं साधारणसभाबाट सर्वसम्मत् अध्यक्षमा चयन भए । उनि सहकारीको अध्यक्ष बन्नका लागि पदबाट राजीनामा दिएका थिए ।
उपमहानगरपालिकाको सहकारी ऐनले जनप्रतिनिधिलाई सहकारीको संचालक हुन रोक लगाएपछि पण्डितले सहकारी क्षेत्र रोजेका हुन् । उनले दिएको राजीनामा स्वीकृत भएको सूचना उपमहानगरपालिकाले सार्वजनिक गरिसकेको छ ।
साधारणसभाले पण्डितको नेतृत्वमा १३ सदस्यीय संचालक समिति चयन गरेको छ ।