उपाध्याय चौतारीको केन्द्रीय सदस्यमा मनोनित


eShilalekh

२६ मंसिर २०७८, आईतवार ११:२३

सिमरा: नेपाल पत्रकार महासंघ बाराका पूर्व अध्यक्ष कमलकुमार उपाध्याय प्रेस चौतारी नेपालको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
चौतारीको शनिवार बसेको केन्द्रीय कमिटी बैठकले उपाध्यायलाई सदस्य मनोनित गरेको हो । उपाध्याय चौतारी बाराको चौथो जिल्ला अधिवेशनबाट चयन भएका केन्द्रीय प्रतिनिधि समेत हुन् ।

यसअघि पत्रकार महासंघ बाराको जिल्ला अध्यक्षमा दुई पटक निर्वाचित भएका उपाध्याय कृपा दैनिकका प्रकाशक हुन् । केन्द्रीय सदस्यमा मनोनित भएका उपाध्यायले संगठनले दिएको जिम्मेवारी पूरा गर्न आफू थप सक्रिय भएर लाग्ने प्रतिक्रिया दिएका छन् ।

पर्साबाट शेख उपाध्यक्ष, लामिछाने र नेपाल केन्द्रीय सदस्य

प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीमा पर्साका तीन जना परेका छन् । यसअघि पनि उपाध्यक्ष रहेका लालबाबु शेखसंगै केसी लामिछाने र शत्रुध्न नेपाललाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरिएको छ ।

शेख प्रेस काउन्सिल नेपालका सदस्य हुन भने लामिछाने नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य र प्रदेश २ का पूर्वउपाध्यक्ष हुन् । केन्द्रीय सदस्यमा मनोनित नेपाल, पत्रकार महासंघ पर्साका पूर्वअध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्