वाग्लेलाई ‘हेम गंगा शारीरिक अपाङ्गता प्रतिभा पुरस्कार’


eShilalekh

१७ मंसिर २०८०, आईतवार २१:४०

सिमराः नेपाल अपाङ्ग सेवा संघ बाराका अध्यक्ष गंगाप्रसाद वाग्ले ‘हेम गंगा शारीरिक अपाङ्गता प्रतिभा पुरस्कार’ बाट सम्मानित भएका छन् । ३२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा वाग्ले सम्मानित भएका हुन् ।

अपाङ्गताको क्षेत्रमा निरन्तर सक्रिय र अपाङ्गता भएका व्यक्तिका लागि प्रेरणाको स्रोतको रुपमा रहेको जनाउँदै समाज कल्याण परिषद् अन्तर्गत राष्ट्रिय अपाङ्ग कोषले वाग्लेलाई सम्मान गरेको हो । नेपाल सरकारकी सहरी विकास मन्त्री सीता गुरुङ्गले सम्मानपत्र प्रदान गरेकी थिईन् ।

शिक्षण पेशामा रहेका वाग्ले लामो समयदेखि अपाङ्गता भएका व्यक्तिको अधिकारका लागि नेतृत्वदायी भूमिकामा रहेर काम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्