हिमालयन डिष्ट्रिलरीमा एमाले निकट ‘व्हिन’ बिजयी


eShilalekh

१८ मंसिर २०८०, सोमबार १७:४२

सिमराः हिमालयन डिष्ट्रिलरी प्रालिमा आधिकारिक ट्रेड युनियनका लागि सोमबार भएको निर्वाचनमा नेकपा एमाले निकट समग्र उद्योग ट्रेड युनियन (व्हिन) बिजयी भएको छ । नेपाली कांग्रेस निकट नेपाल कारखाना श्रमिक संघलाई १२ मतको मतान्तरले पराजित गर्दै व्हिन बिजयी भएको हो ।

वीरगन्ज महानगरपालिका १८ स्थित उद्योगको आधिकारिक ट्रेड युनियका लागि समग्र उद्योग ट्रेड यूनियन नेपाल (व्हिन) र नेपाल कारखाना श्रमिक संघबीच चुनावी प्रतिस्पर्धा भएको थियो । कुल एक सय ८१ श्रमिक मतदाता सहभागी भएको निर्वाचनमा व्हिनले ९४ र श्रमिक संघले ८२ मत प्राप्त गरेको थियो ।

निर्वाचित भएसंगै एमाले निकट व्हिनले बिजय र्याली निकालेको थियो । र्यालीपछि आयोजित सभालाई व्हिनका केन्द्रीय अध्यक्ष आनन्द थामी, जिफन्ट मधेस प्रदेश अध्यक्ष कमलेश झा, सचिव मुक्ती चौधरी, व्हिन प्रदेश उपाध्यक्ष रामतप्सी पटेल, निर्वाचित अध्यक्ष ज्ञानेन्द्र पटेललगायतले शुभकामना मन्तब्य राखेका थिए । बिजयी सभाको सहजीकरण दीपक बास्कोटाले गरेका थिए ।

निर्वाचन प्रक्रिया श्रम तथा रोजगार कार्यालय, पर्साले सम्पन्न गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्