फोनिज बाराको अधिवेशन सम्पन्न


eShilalekh

२६ मंसिर २०७८, आईतवार ११:४५

सिमरा: नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) बाराको दोस्रो जिल्ला अधिवेशन शनिवार सम्पन्न भएको छ ।

कोल्हबीमा सम्पन्न भएको अधिवेशनले जियालाल चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रकाश श्रेष्ठ, सचिव धिरेन्द्र पनुहर, सहसचिव पुनम चौधरी, कोषाध्यक्ष ईन्दिरा चौधरी रहेका छन् ।

यसैगरी समितिको सदस्य अजय चौधरी, मुकेश चौधरी, राज चौधरी, राकेश चौधरी, समिक्षा चौधरी, राजकुमार लामा, विनिता चौधरी, पूर्णिमा चौधरी रहेका छन् । अधिवेशनले प्रदेश र केन्द्रीय प्रतिनिधि समेत चयन गरेको छ ।

यसअघि अधिवेशनको उद्घाटन प्रदेश सभा सदस्य त्रिलोकी चौधरीले गरेका थिए । अधिवेशनको उद्घाटन गर्दै चौधरीले संचार क्षेत्रको विकासका लागि आफू सधैजसो प्रतिबद्ध रहेको बताए । उद्घाटन कार्यक्रममा फोनिजका केन्द्रीय उपाध्यक्ष लक्की चौधरी, एमाले बाराका अध्यक्ष देवनारायण चौधरी, फोनिज प्रदेश २ ईन्चार्ज निरज पिठाकोटे, प्रदेश २ अध्यक्ष प्रमेश बादे श्रेष्ठ, करैयामाई गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयशंकर चौधरी, बारागढी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिृकत आमोद चौधरी, राष्ट्रिय अनुसन्धान बाराका प्रमुख रिवेनकुमार गच्छदार, ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रमुख सन्तोष दहाल, उद्योग वाणिज्य संघ कोल्हबीका अध्यक्ष महेश साह, नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष रामबाबु मेहतालगायतले मन्तब्य राखेका थिए ।

फोनिज बाराका अध्यक्ष दुष्यन्त चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सहसचिव नविन चौधरीले गरेका थिए । कार्यक्रममा धिरेन्द्र पनुहरले स्वागत मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्