लैंगिक हिंसाविरुद्ध ट्रेड युनियनको भूमिका बिषयक कार्यक्रम सिमरामा सम्पन्न
सिमरा: लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले शनिबार सिमरामा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको छ ।
मंसिर ९ गतेदेखी २४ गतेसम्म संचालन भइरहेको अभियान अन्तर्गत जिफन्टले नेपालको श्रम आन्दोलनमा सि-१९० को सान्दर्भिकता र ट्रेड युनियनको भूमिका बिषयक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा जिफन्टका केन्द्रीय उपाध्यक्ष एवम् मधेस प्रदेशसभा सदस्य मन्जु थापा मगरले महिला हिंसाको अन्त्य गर्न सांस्कृतिक अभियान आवश्यक रहेको बताइन् । महिला हिंसाविरुद्ध समाजको हरेक क्षेत्र प्रतिबद्ध हुनुपर्ने र हिंसा नियन्त्रणमा सबै नागरिकको उत्तिकै दायित्व रहेको मगरको भनाई थियो ।
कार्यक्रममा जिफन्ट महिला कमिटीका सदस्यले नेपालको श्रम आन्दोलनमा सि-१९० को सान्दर्भिकता र समग्र उद्योग ट्रेड युनियन (व्हिन) का केन्द्रीय अध्यक्ष आनन्द थामीले लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानका बारेमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा जिफन्ट मधेश अध्यक्ष कमलेश झा, मनोज चौधरी, अमृतलाल श्रेष्ठ, सम्झना लामा, बिना पराजुलीलगायतले लंगिक हिंसा विरुद्धको अभियानका बारेमा मन्तव्य राखेका थिए ।
व्हिनकी केन्द्रीय सचिव गीता भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण मकुमारी शर्माले गरेकी थिईन् भने शान्तिदेवी दासले स्वागत मन्तव्य राखेकी थिइन् ।