बाराकी एक महिलाले एकैपटक दिइन् तीन शिशुलाई जन्म


eShilalekh

२५ मंसिर २०८०, सोमबार १८:३३

सिमरा: बाराकी एक  २० वर्षीया महिलाले एकैपटक तीन शिशुलाई जन्म दिएकी छिन् । कलैया उपमहानगरपालिका १६ मझौलियाकी मिंकुदेवी रामले शल्यक्रियाबाट दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन् ।

वीरगन्ज महानगरपालिका विर्तास्थित श्रीराम अस्पतालमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. दिप्ती यादवले मिंकुको शल्यक्रिया गरेकी हुन्  । डा. यादवका अनुसार आमा मिंकु र तीन वटा सन्तानको अवस्था सामान्य रहेको छ ।

आमा सुरक्षा कार्यक्रम अन्तर्गत मिंकुको नि:शुल्क शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्