ग्रासरुट फूटबल: बकुलिया सेमिफाईनलमा प्रवेश


eShilalekh

२६ मंसिर २०७८, आईतवार १२:०२

सिमरा: नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बकुलिया सिमरामा जारी अन्तरविद्यालय ग्रासरुट फूटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा शनिवार भएको पहिलो क्वाटरफाईनलमा एक्स सर्भिसम्यान चिल्ड्रेन एकेडेमीलाई ३–१ ले पराजित गर्दै बकुलियाले अन्तिम चारको यात्रा तय गरेको हो ।

बकुलियाको जीतमा अमुल्लाह मियाँले दुई गोल गरे भने अजित चौधरीले एक गोल गरे । एक्स सर्भिसम्यानका लागि सविन लामाले एक गोल फर्काए । अमुल्लाह खेलको म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत आईतबार नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डुमरवाना र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय अमलेखगञ्जबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्