परवानीपुरमा राखिएको राँगाको मूर्ति स्थानीयले भत्काए, पाँच जना पक्राउ


eShilalekh

३० मंसिर २०८०, शनिबार १७:२०

सिमराः पथलैया–वीरगन्ज व्यापारिक अन्तर्गत परवानीपुरमा राखिएको राँगाको मूर्ति केही स्थानीयले भत्काएका छन् । सडक सौन्दर्यकरण कार्यक्रम अन्तर्गत वीरगन्ज महानगरपालिकाले करिब एक महिना अगाडी राखेको उक्त मूर्ति स्थानीयले भत्काएका हुन् ।

महानगरपालिकाले उक्त मूर्ति राखेलगत्तै स्थानीयले विरोध गर्दै आएका थिए । हनुमान मन्दिर नामले परिचित उक्त चोकमा राँगाको मूर्ति राखिएको भन्दै स्थानीय असन्तुष्ट थिए । असन्तुष्ट स्थानीयले महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहलाई समेत मूर्ति हटाउन ध्यानाकर्षण गराएका थिए ।

यता मूर्ति भत्काएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । मूर्ति भत्काउन संलग्न अन्यको खोजी भईरहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्