श्रेष्ठको नेतृत्वमा लोकतान्त्रिक जनजाति आदिवासी महासंघको नगर कमिटी चयन
सिमराः नेकपा एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ जीतपुरसिमरा नगर कमिटीको प्रथम अधिवेशन शनिबार रजघट्टामा सम्पन्न भएको छ । अधिवेशनले जीतपुरसिमरा उपमहानगरपालिका २१ का वडाध्यक्ष सुवास श्रेष्ठको अध्यक्षतामा ४५ सदस्यीय नगर कमिटी चयन गरेको छ ।
कमिटीको उपाध्यक्षमा जीतपुरसिमरा १३ का वडाध्यक्ष हेमनारायण चौधरी, सचिवमा जीतपुरसिमरा १२ का वडाध्यक्ष श्यामबाबु खाँ, सहसचिवमा दुर्गा योञ्जन, सुशिल चौधरी, कोषाध्यक्षमा अनिता रुम्बा रहेका छन् । यसैगरी कमिटीको सदस्यमा सुभद्रा राई, साजन लामा, तेतरियादेवी चौधरी, उर्मिलादेवी चौधरी, निरन गुरुङ, मधु चौधरी, अमर घिसिङ, सावित्री महतो, रामाश्रय महतो, प्रसाद स्याङ्बो, धनबहादुर स्याङ्बो, रामविनय चौधरी, प्रेमा तामाङ, नवराज तामाङ, देवनारायण चौधरीलगायत चयन भएका छन् ।
अधिवेशन नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । अधिवेशनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै पूर्वमन्त्री पौडेलले गठबन्धन सरकारले जनताका समस्या समाधान गर्नेतर्फ ध्यान नदिएको आरोप लगाए । गठबन्धन सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउदै पौडेलले वर्तमान सरकारबाट मुलुकमा आर्थिक संकट बढ्ने दाबी गरे ।
कार्यक्रममा महासंघका केन्द्रीय महासचिव पासाङ भोटे तामाङ, एमाले मधेस सचिव मनोज पौडेल, एमाले नेता एवम् मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, महासंघका केन्द्रीय सदस्य एवम् पूर्व मधेस प्रदेशसभा सदस्य सीता गुरुङ, महासंघका केन्द्रीय सदस्य एवम् जीतपुरसिमरा १४ की वडाध्यक्ष चयन गुरुङ, महासंघका मधेस प्रदेशका अध्यक्ष दुर्गा गुरुङ, एमाले प्रदेश कमिटी सदस्य किशोर शर्मा, जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख एवम् एमाले नगर कमिटी अध्यक्ष भोलाप्रसाद अधिकारी, एमाले जिल्ला सचिवालय सदस्य अमृतलाल श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।
जयकिशोर राउत थारुको अध्यक्षतामा सम्पन्न अधिवेशनमा गोपाल घलान, दिलबहादुर लामा, सीमा ठकुरी, कार्यपालिका सदस्य अर्जुन रसाईली, यमनाथ ढकाल, तेजनारायण चौधरी, जमुना गौतम, बद्रीनारायण साह, त्रिलोक बिक्रम शाह, रत्न उप्रेती, रवीन्द्र खकुरेल, सोमलाल बोम्जन, राजकुमार थापा, लक्ष्मी तिमिल्सिना, प्रताप रिजाललगायतको उपस्थिती रहेको थियो ।