१५ लाख मूल्य बराबरको ५१ थान मोबाईलसहित एक जना नियन्त्रणमा


eShilalekh

११ पुष २०८०, बुधबार २१:५१

सिमराः बारा प्रहरीले करिब १५ लाख मूल्य बराबरको ५१ थान मोबाईल सेटसहित बुधवार एक जनालाई नियन्त्रणमा लिएको छ । बारागढी गाउँपालिका ३ स्थित खोपवाबाट प्रहरीले रुपनारायण चौधरीलाई नियन्त्रणमा लिएको हो ।

अवैधरुपमा भन्सार छलि मोबाईल सेट ल्याएको आरोपमा चौधरीलाई उनकै घरबाट नियन्त्रणमा लिएको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिएका छन् । चौधरीको घरबाट विभिन्न ब्राण्डका ५१ थान मोबाईल, ४८ थान चार्जर, नौ थान ब्याट्री र १४ थान मोबाईल कभर बरामद गरेको छ ।

सूचनाको आधारमा पुगेको प्रहरी टोलीले घरमा खानतलासी गर्दा उक्त सामान बरामद भएको प्रहरीको भनाई छ । चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्