ब्राह्मण समाज बाराको बैठक सम्पन्न, पाँच जनाले केन्द्रीय अधिवेशनमा सहभागिता जनाउने
सिमराः ब्राह्मण समाज नेपाल बाराले केन्द्रीय अधिवेशनमा सहभागिता जनाउन पाँच जना केन्द्रीय पार्षद छनौट गरेको छ । दाङको घोराहीमा पुस चौथो साता हुने अधिवेशनका लागि बाराबाट पाँच जनाको नाम छनौट गरेको हो ।
केन्द्रीय अधिवेशनमा सहभागिता जनाउन बृजेशकुमार पाण्डेय, कात्र्तिकदेव पाण्डेय, राजेश तिवारी, बिजय किशोर पाण्डेय र ब्राह्माकान्त पाण्डेयलाई चयन गरिएको छ । ब्राह्मण समाजको केन्द्रीय अधिवेशन पुस २१ देखि २३ गतेसम्म घोराहीमा हुनेछ ।
बैठकले जिल्ला अधिवेशन सम्पन्न गर्ने, विभिन्न १५ वटा स्थानीय तहमा कमिटी विस्तार गर्नेलगायतको निर्णय गरेको छ । बैठकले यसअघि गठन भएको महागढीमाई नगर कमिटीलाई वैधानिकता दिने निर्णय गरेको हरिकृष्ण तिवारीले जानकारी दिए ।
बैठकमा महागढीमाई नगरपालिकाका ब्राह्मण समाज नेपालका नगर अध्यक्ष रामायण तिवारी, मुक्तिनाथ तिवारी, प्रेमलाल पाण्डे, अखिलेश पाण्डे, बिजय किशोर पाण्डे, देवानन्द पाण्डे, ज्ञानसागर पाण्डे, बेदप्रकाश पाण्डे, संजय तिवारी, शम्भु शुक्ला, ओमप्रकाश उपाध्याय, मोहन पाण्डे, चन्द्रकिशोर पाण्डे र शिवशंकर मिश्रालगायतको उपस्थिती रहेको थियो ।