९३ लाख मूल्य बराबरको समानसहित पथलैयाबाट ट्रक नियन्त्रणमा


eShilalekh

१६ पुष २०८०, सोमबार २०:२४

सिमराः प्रहरीले बाराको पथलैयाबाट ९३ मूल्य बराबरको सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ । बिल बिजक भन्दा बढी सामान ढुवानी गरिरहेको आशंकामा प्रहरीले जीतपुरसिमरा १ स्थित पथलैयाबाट ट्रक नियन्त्रणमा लिएको हो ।

वीरगन्जबाट काठमाण्डौतर्फ जादै गरेको ना४ख ८३५८ नम्बरको ट्रकलाई पथलैयास्थित प्रहरी चौकीका प्रहरीले जाँच गरेका थिए । सो क्रममा बिल बिजकभन्दा बढी सामान बोकेको पाइएपछि नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ताले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार ट्रकमा ९३ लाख ३६ हजार ६३ रूपैया मूल्य बराबरको खुद्रा समान रहेको छ । ट्रक नियन्त्रणमा लिई कानूनी प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्