ट्रान्सफर्मर चोरी गरेको आरोपमा एक पक्राउ
सिमराः ट्रान्सफर्मर चोरी गरेको आरोपमा बारा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले भारत मोतिहारी विन्धवा सोनीमा ग्राम बस्ने २२ वर्षीय जैसिलाल यादवलाई नियन्त्रणमा लिएको हो ।
नेपाल विद्युत् प्राधिकरणले सिम्रौनगढ नगरपालिका ३ स्थित श्रीनगर बैरिया र पचरौता नगरपालिका ५ स्थित बेल्दारीमा जडान गरेको ट्रान्सफर्मर चोरी गरेको आरोपमा यादवलाई नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।
प्राधिकरणले ट्रान्सफर्मर चोरी भएको सूचना दिएपछि खोजी गर्ने क्रममा पचरौता नगरपालिका ५ स्थित टियर खोलामा लुकाएर राखेको अवस्थामा ट्रान्सफर्मर बरामद भएको न्यौपानेको भनाई छ । आठ थान क्वायलसहित यादवलाई नियन्त्रणमा लिएको न्यौपानेले जानकारी दिए ।