सिमरामा खुल्यो कोरियन भाषा तालिम केन्द्र


eShilalekh

२२ पुष २०८०, आईतवार २१:३७

सिमराः बाराको सिमरामा शुभारम्भ कोरियन भाषा तालिम केन्द्र संचालनमा आएको छ । सिमरास्थित ईलाका प्रशासन कार्यालय अगाडी संचालनमा आएको तालिम केन्द्रको जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले उद्घाटन गरेका हुन् ।

करिब ६ वर्ष कोरिया बसेर आएका जीतपुरसिमरा १७ का प्रेम पाण्डेले उक्त तालिम केन्द्र संचालनमा ल्याएका हुन् । कोरियन भाषा सिकाउनका लागि आवश्यक प्रविधि र सामाग्रीसहित तालिम केन्द्र संचालनमा ल्याएको पाण्डेले बताएका छन् ।

भाषाको ज्ञान नहुँदा विभिन्न समस्या आउने भन्दै पाण्डेले रोजगारीका लागि कोरिया जान चाहने व्यक्तिले अब कोरियन भाषा सिक्नका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको बताए । उनले आफ्नो अनुभव र सीपसहित सहजरुपमा भाषा सिक्नका लागि सहजीकरण गर्ने बताएका छन् ।

उद्घाटन भएसंगै कोरियन भाषा तालिम कक्षाको समेत सुरुवात भएको पाण्डेले बताएका छन् । पाण्डेको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सहजीकरण सन्तोष पाण्डेले गरेका थिए । उद्घाटन सत्रमा राजेश बछारले स्वागत मन्तब्य राखेका थिए ।

शुभारम्भ कोरियन भाषा तालिम केन्द्रको उद्घाटन गर्दै नगर उपप्रमुख भोलाप्रसाद अधिकारी ।

प्रतिक्रिया दिनुहोस्