तपस्वी भनिएका बाराका रामबहादुर बम्जन काठमाडौंबाट पक्राउ


eShilalekh

२४ पुष २०८०, मंगलवार २१:०२

सिमराः आफूलाई तपस्वी बताउने बारा रतनपुरका रामबहादुर बम्जनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । प्रहरीको खोजीको सूचिमा रहेका बम्जनलाई केन्द्रीय अनुसन्धान व्युरोको टोलीले बुढानिलकण्ठबाट पक्राउ गरेको हो ।

बम्जनविरुद्ध बेपत्ता र यौन हिंसालगायतको आरोप छ । बम्जनलाई कारवाही गर्न माग गर्दै विभिन्न उजुरी परेपछि प्रहरीले खोजी गरिरहेको थियो । बम्जनलाई पक्राउ गर्न प्रहरीले उनको सिन्धुलीस्थित आश्रममा समेत छापा मारेको थियो ।

लामो समयदेखि प्रहरीबाट लुक्दै आएका बम्जन आफ्नो परिवारका सदस्यलाई भेटन बुढानिलकण्ठ पुगेका बेला पक्राउ परेका हुन् । बम्जनलाई बधुबार सार्वजनिक गर्ने तयारी गरिएको छ ।

बाराको रतनपुरी र हलखोरिया जंगलमा तपस्या गरेको भन्दै चर्चामा आएका बम्जन विभिन्न अभियोगमा आरोपित भएपछि बेपत्ता भएका थिए । उनले तपस्या गरेको स्थल भनिएको रतनपुरी र हलखोरियामा समेत प्रहरीले निगरानी गरिरहेको थियो ।

बारामा रहदा उनलाई विदेशी महिला बन्धक, यौन दुर्व्यवहार, सर्वसाधारणमाथि कुटपिट, वन अतिक्रमणलगायत विभिन्न आरोप लागेको थियो । २०६२ सालमा उनि रतनपुरको जंगलमा तपस्यारत भेटिएका थिए । तर केही वर्षपछि उनी विवादित बन्दै गएका थिए ।

प्रतिक्रिया दिनुहोस्