लायन्सका संस्थापकको जन्मजयन्तीः मानविय सेवामा सक्रिय बारा र पर्साका लायन्स क्लब
सिमराः लायन्स ईन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको जन्मजयन्तीको अवसर पारेर बारा र पर्साका लायन्स क्लबले विभिन्न रचनात्मक गतिविधि गरिरहेका छन् । जोन्सको जन्मजयन्तीलाई उत्सवको रुपमा मनाउने निर्णय गर्दै डिष्ट्रक्ट ३२५ एस अन्तर्गत बारा र पर्साका लायन्स क्लबले जनवरी ७ तारिखदेखि दैनिकरुपमा विविध कार्यक्रम गरिरहेका हुन् ।
संस्थापक जोन्सको जन्मजयन्तीको अवसरमा लायन्स क्लबले प्रत्येक वर्ष जनवरी ७ देखि १३ सम्म साताव्यापी कार्यक्रम गर्दै आएको छ । लायन्स क्लबका सदस्यले यस वर्षपनि शिक्षा, स्वास्थ्य, मानव सेवालाई प्राथमिकतामा राख्दै स्वास्थ्य शिविर, खाद्यान्न वितरण, शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण, न्यानो कपडा वितरणलगायतका कार्य गरिरहेको लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका सचिव बासु तिमिल्सिनाले बताएका छन् ।
विश्वकै ठुलो सामाजिक संस्थाको रुपमा रहेको लायन्सले मानवीय सेवाका कामलाई प्राथमिकतामा राखेर संस्थापक जोन्सको जन्मदिन मनाईरहेको तिमिल्सिनाले बताए । ‘हामी सेवा गर्छौ’ भन्ने लायन्सको मूलमन्त्रलाई सार्थकता दिदै मानविय सेवाका काममा समर्पित भएर लागिरहने सचिव तिमिल्सिनाको भनाई छ ।
लायन्स क्लबले वार्षिकरुपमै मानव सेवाका कार्य गर्दै आएपनि लायन्सका संस्थापकको जन्मजयन्ती अझ विशेष रहने लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका गभर्नर डिएन अग्रवालले बताएका छन् ।
लायन्स क्लबका संस्थापक जोन्सको जन्म सन् १८७९ जनवरी १३ तारिखका दिन अमेरिकाको फोर्ट थोमस ओरिजोनमा भएको थियो भने सन् १९६१ जुन १ तारिखका दिन ८२ वर्षको उमेरमा निधन भएको थियो । सामाजिक सेवामा सक्रिय जोन्सको नेतृत्वमा अमेरिकाको सिकागोमा सन् १९१७ जनवरी ७ तारिखमा सम्पन्न युवाको भेलाले लायन्स क्लब इन्टरनेशनलको स्थापना गरेको थियो । त्यसपछि लायन्स क्लब अन्तर्राष्ट्रिय स्तरमा विस्तार भएको हो ।
यस्तो छ लायन्स क्लबले गरेको रचनात्मक गतिविधिका तस्वीरहरुः