३५ विपन्न परिवारलाई कम्बल वितरण
धिरेन्द्र तिवारी
कलैया: कलैया उपमहानगरपालिका २३ मा सोमबार एक कार्यक्रमकाबीच ग्रामीण उत्थान अभियानले कम्बल वितरण गरेको छ । कलैया ४ स्थित ग्रामीण उत्थान अभियानले कम्बल वितरण गरेको हो ।
संस्थाले शीतलहरबाट प्रभावित श्रीकान्ती देवी, शिवधारी देवी कुर्मिन, बेबि देवि कानु, ओलेसा खातुन, अमिरिन नेटुईन, अन्जुदेवी, पुनम महरा चमईन, सीता देवी कानुलगायत ३५ परिवारलाई कम्बल वितरण गरेको थियो । बाक्लो हुस्सु र शीतलहरका कारण तराईको जनजीवन प्रभावित बनेको छ ।
ग्रामीण उत्थान अभियानका संस्थापक अध्यक्ष मोकदम अन्सारीले दलित, विपन्न, असहाय, सीमान्तकृत समुदायका नागरिकलाई कम्बल वितरण गरेको बताए । अन्सारीका अनुसार संस्थाले २०५४ सालदेखि ती समुदायको हकहितका लागि काम गर्दै आएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बारा निर्वाचन क्षेत्र नम्बर ३(२) का प्रदेशसभा सदस्य महम्मद समीरले कम्बल कम्बल वितरण कार्यमा सहयोग गर्ने टेवा नेपाल संस्था ललितपुर, ग्रामीण उत्थान अभियान र कलैया उपमहानगरपालिका २३ का वडाध्यक्ष अमिन अन्सारीलाई धन्यवाद दिए । समीरले आफ्नो निर्वाचन क्षेत्रका समुदायका लागि आफूले पनि सहयोग गर्ने बताए ।
कार्यक्रममा राजेशप्रसाद साह कानु, महन्थ कुर्मी, कान्ति मण्डल, कमरुल हक, कालिला चौधरी, गिता चौधरी, पलक कुशवाहा ,रुपाउली रामलगायतको उपस्थिती रहेको थियो ।