पर्सा राष्ट्रिय निकुञ्जमा पूर्वराजाको जंगल सफारी


eShilalekh

३ माघ २०८०, बुधबार २२:२१

सिमराः पूर्वराजा ज्ञानेन्द्र शाहसहित पूर्वराजपरिवारका सदस्यले पर्सा राष्ट्रिय निकुञ्जमा जंगल सफारी गरेका छन् । पुस २३ गतेदेखि सिमरामा रहेका पूर्वराजा शाह बुधवार परिवारसहित निकुञ्ज क्षेत्रमा पुगेका हुन् ।

पूर्वराजा शाहसंग पूर्वरानी कोमलसहित परिवारका अन्य सदस्य थिए । पूर्वराजपरिवारले जंगल सफारीका लागि प्रयोग हुने गाडी चढेर निकुञ्ज क्षेत्रको अवलोकन थिए ।

भैरहवाबाट सिमरा आएका पूर्वराजा सिमरास्थित प्रभु निवासमा बसिरहेका छन् । उनले पुस २८ गते सर्लाहीको मुक्तेश्वर मन्दिर, माघ २ गते रौतहटको शिवमन्दिरको दर्शन गरेका थिए । उनि विहीबार बरियारपुरस्थित गढीमाई मन्दिर दर्शन गर्न जानेछन् भने माघ ७ गते हेटौंटाको भूटनदेवी मन्दिर पुग्नेछन् ।

पूर्वराजा शाहलाई माघ १३ गते वीरगन्जमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । सिमरा मुकाम बनाएर तराईका विभिन्न जिल्ला भ्रमण गरिरहेका पूर्वराजा शाह बाराको पर्यटकिय स्थलको रुपमा रहेको निकुञ्ज क्षेत्र पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्