प्रेस चौतारी बाराको अधिवेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन


eShilalekh

१६ पुष २०७८, शुक्रबार १०:५४

सिमराः प्रेस चौतारी नेपाल बाराको पाँचौ जिल्ला अधिवेशन विहिवार सम्पन्न भएको छ । प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले जिल्ला अध्यक्षमा पुनः दिवाकर भण्डारीलाई सर्वसम्मत चयन गरेको छ ।

यसअघि चौथो अधिवेशनबाट भण्डारी जिल्ला अध्यक्षमा सर्वसम्मत चयन भएका थिए । पाचौं अधिवेशनले भण्डारीको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा राधेश्याम पटेल, महिला उपाध्यक्ष निलिसा बर्मा, सचिव अनिल तिवारी, कोषाध्यक्ष थानेश्वर सापकोटा, सहसचिव ईन्दिप कोईराला, समावेशी सहसचिव रेणु चौधरी चयन भएका छन् ।

यसैगरी समितिको सदस्यमा जिउतप्रसाद यादव, श्याम गुप्ता, श्रीराम रेग्मी, रामप्रसाद पोखरेल, तुलसा घिमिरे, शम्भु महतो, शान्तकुमार सापकोटा, धिरेन्द्र तिवारी, मिनाक्षी चौधरी, राजु साह कानु, बिपिन अधिकारी, रामेश्वर राउत कुर्मी, सिकिन्द्र साह, हृदयनारायण साह चयन भएका छन् ।

अधिवेशनले पोखरामा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा गोकुल घोरसाईने, लक्ष्मी साह, पुष्पराज खतिवडा र लक्ष्मी पाण्डेलाई चयन गरेको छ । निर्वाचित जिल्ला कार्यसमितिलाई केन्द्रीय अध्यक्ष बस्नेतले सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार शम्भु महतोलाई प्रदान गरिएको छ । जिल्ला शाखाले वितरण गर्दै आएको पाँच हजार राशीको पुरस्कार अध्यक्ष बस्नेतले महतोलाई प्रदान गरेका हुन् ।

यसअघि अधिवेशनको उद्घाटन केन्द्रीय अध्यक्ष बस्नेतले गरेका थिए । अधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै बस्नेतले श्रमजीवी पत्रकारहरुको आवद्धता रहेको प्रेस चौतारी नेपाल देशकै ठुलो संगठन भएकाले जिम्मेवारी पनि महत्वत्पूर्ण हुने बताए । सामाजिक सद्भाव, मुलुकको विकासका लागि प्रेस चौतारी नेपालले अग्रणी भूमिका खेल्नुपर्ने भन्दै बस्नेतले त्यसका लागि देशभर रहेका चौतारीका सदस्य सक्रिय र संगठित हुनुपर्ने बताए ।

कार्यक्रममा नेकपा एमाले पोलिटव्युरो सदस्य एवम् प्रदेश २ का सहईन्चार्ज अच्युत मैनाली, ज्वालाकुमारी साह, एमाले प्रदेश सचिव एवम् जीतपुरसिमरा उपमहानगरपालिका प्रमुख डा. कृष्णप्रसाद पौडेल, एमाले बाराका अध्यक्ष देवनारायण चौधरी, बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, प्रेस चौतारीका केन्द्रीय सल्लाहकार श्रीधर आचार्य, प्रेस चौतारी नेपालका पूर्वमहासचिव प्रमोद दाहाल, प्रेस चौतारी नेपालका प्रदेश २ ईन्चार्ज लालबाबु शेख, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारीलगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट बाराको प्रतिनिधित्व गर्दै निर्वाचित पोलिटव्युरो सदस्य, केन्द्रीय सदस्यसहित प्रदेश सचिव, जिल्ला अध्यक्षलाई प्रेस चौतारी नेपालले सम्मान गरेको थियो । सोही कार्यक्रममा प्रेस चौतारी नेपालका संस्थापक सचिव, पूर्व महासचिव एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार प्रमोद दहाललाई समेत सम्मान गरिएको थियो ।

अधिवेशनको उद्घाटन सत्रमा एमाले केन्द्रीय सदस्य एवम् जीतपुरसिमरा उपमहानगरपालिकाकी उपप्रमुख सरस्वतीदेवी चौधरी, निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछाने खनाल, बाराका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाई, ईलाका प्रशासन कार्यालयका प्रमुख मोहन प्रसाद अर्याल, प्रेस चौतारीका पूर्व केन्द्रीय उपाध्यक्ष महेश दास, बाराका प्रहरी उपरिक्षक दीपेन्द्र शाही, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य प्रकाश लम्साल, कमलकुमार उपाध्याय, अच्युत पौडेल, एमाले प्रदेश कमिटी सदस्य अमृत शर्मा बजगाईं, ढुण्डीराज उप्रेती, जिल्ला कमिटी सदस्य मनोज पौडेल, प्रेस चौतारी नेपाल पूर्व केन्द्रीय सदस्य गोकुल घोरसाईने, लक्ष्मी साह, युवा संघ बाराका अध्यक्ष एवम् केन्द्रीय सचिवालय सदस्य पुरुषोत्तम साह, अनेरस्ववियु केन्द्रीय सचिवालय सदस्य त्रिलोकविक्रम शाहलगायतको सहभागिता रहेको थियो ।

अधिवेशनमा प्रेस चौतारी नेपाल, बारामा आवद्ध ८५ जना प्रतिनिधि सहभागी थिए । जिल्ला अध्यक्ष दिवाकर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन पुष्पराज खतिवडाले गरेका थिए । कार्यक्रममा चौतारी बाराका रुद्र धितालले स्वागत मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्