सूर्य नेपालमा मजदुर संगठन ‘व्हिन’ को अधिवेशन सम्पन्न
सिमराः सूर्य नेपालस्थित समग्र उद्योग ट्रेड युनियन नेपाल (व्हिन) को १३औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले लोकेन्द्रराज त्रिपाठीको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा दिल्लीप्रसाद दहाल, सचिवमा स्वागत कुँवर, सहसचिवमा सुशिल खनाल, कोषाध्यक्षमा राकेश पञ्जियार चयन भएका छन् । यसैगरी सदस्यमा सिहासन प्रसाद, नारायण दुलाल, सुभाष सापकोटा, शंकर गिरी, अमृत चौधरी, दीपक चौहान र प्रमोद घिमिरेलाई चयन गरिएको छ ।
निर्वाचित कमिटीलाई समग्र उधोग ट्रेड युनियन नेपाल केन्द्रीय अध्यक्ष आनन्द थामीले सपथ ग्रहण गराएका थिए । थामीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनको उद्घाटन सत्रमा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, व्हिनकी केन्द्रीय सचिव गीता भण्डारी, केन्द्रीय सदस्य मनोज चौधरी, जिफन्ट मदेश प्रदेश सचिव मुक्ति चौधरीलगायतले मन्तब्य राखेका थिए ।
कुँवरको अध्यक्षतामा सम्पन्न अधिवेशनमा सुशील खनालले स्वागत मन्तब्य राखेका थिए ।