रेडक्रस सिमराको अधिवेशन सम्पन्न, सभापतिमा शर्मालाई निरन्तरता


eShilalekh

१७ पुष २०७८, शनिबार १३:५७

सिमरा: नेपाल रेडक्रस सोसाइटी सिमरा उपशाखाको तेश्रो अधिवेशन शनिवार सिमरामा सम्पन्न भएको छ । अधिवेशनले उपशाखाको सभापतिमा शिवकुमार शर्मालाई निरन्तरता दिदै ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ ।

समितिको उपसभापतिमा मन्जुदेवी अर्याल, सचिव रामकुमार उप्रेती, कोषाध्यक्ष गिता लुइँटेल, उपसचिव अवधेशप्रसाद साह र उपकोषाध्यक्ष अमृतमान श्रेष्ठ चयन भएका छन् ।

यसैगरी समितिको सदस्यमा भरतप्रसाद धिताल, स्वस्तिका शर्मा, अनु लामिछाने, ग्रिष्मा बस्नेत र महिला सदस्यमा क्षमादेवी अधिकारीलाई चयन गरिएको छ ।

सिमरालगायतको क्षेत्रमा सामाजिक गतिविधिमा उपशाखा सक्रिय रहदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्