२८ सहकारीलाई ३५ दिन भित्र सम्पर्कमा आउन जीतपुरसिमराको सूचना


eShilalekh

१० फाल्गुन २०८०, बिहीबार १६:४६

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाले २८ सहकारी संस्थालाई ३५ दिनभित्र सम्पर्कमा आउन सूचना जारी गरेको छ । उपमहानगरपालिकाभित्र रहेका ९९ सहकारी संस्थामध्ये २८ सहकारी संस्था नियमित सम्पर्कमा नरहेको भन्दै कार्यालयले बिहीबार सूचना जारी गरेको हो ।

उपमहानगरपालिकाको सहकारी शाखा प्रमुख सुधन चौधरीले पटकपटक तोकता गर्दा पनि सम्पर्कमा नआएका, अनुगमनमा जाँदा कार्यालय नभेटिएका, विवरण पेश नगरेका सहकारी संस्थालाई सम्पर्कमा आउन सूचना जारी गरेका हुन् । ३५ दिनभित्र उपमहानगरपालिकाको सहकारी शाखाको सम्पर्कमा नआएका सहकारी संस्थालाई सहकारी ऐन २०७५ को दफा ६९ को उपदफा ३ बमोजिम कारवाही हुने समेत सूचनामा उल्लेख छ ।

उपमहानगरपालिकाले जारी गरेको सूचनामा१२ वटा कृषी, १२ वटा बचत, पशुपालन एक, बहुउदेश्यीय एक, दुग्ध उत्पादक एक र संचार सहकारी एक वटा रहेका छन् ।

यता उपमहानगरपालिकाले सार्वजनिक गरेको २८ सहकारीको सूचिमा यसअघि नै मर्ज भएका सहकारी संस्थाको नाम समेत समावेश छ । डुमरवानाको जोर्लाइमाई बचत तथा ऋण सहकारी संस्था र हातेमालो बचत तथा ऋण सहकारी संस्थाबीच २०७३ सालमै एकीकरण भएको थियो । एकीकरणपश्चात हातेमालोले डुमरवानाको जोर्लाइमाईमा सेवा केन्द्र विस्तार गरेर सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्