निजामती कर्मचारी संगठन बाराको अधिवेशन सम्पन्न, अध्यक्षमा कुर्मी


eShilalekh

२४ पुष २०७८, शनिबार १९:४३

सिमरा: नेपाल निजामती कर्मचारी संगठन बाराको अध्यक्षमा बलिराम प्रसाद कुर्मी चयन भएका छन् । संगठनको शनिवार कलैयामा सम्पन्न एघारौं अधिवेशनले सर्वसम्मतरुपमा कुर्मीको नेतृत्वमा कमिटी चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा बाबुराम घिमिरे, महिला उपाध्यक्ष मिरा अधिकारी, सचिव नविन खनाल, सहसचिव अरविन्दकुमार सिंह, कोषाध्यक्ष रामजनम पण्डित रहेका छन् । यसैगरी समितिको सदस्यमा अमितकुमार सिंह, श्रीभगवान प्रसाद यादव, फरमुल्लाह मियाँ, शिवनाथप्रसाद यादव, संजयकुमार साह, दीपकप्रसाद चौधरी, सतसरिता कुशवाहा, संजयप्रसाद यादव र विगन प्रसाद पटेल रहेका छन् ।

जिल्ला अधिवेशनको बन्दसत्रले प्रदेश र केन्द्रीय प्रतिनिधि समेत चयन गरेको छ । प्रदेश प्रतिनिधिमा ई. रामनरेश यादव, अनिलकुमार पाण्डे, देवानबहादुर तिमिल्सीना, सागरकुमार साह, रन्जिता साह, कुरान अलि, जिवन गौतम र शंकर राम रहेका छन् । यसैगरी केन्द्रीय प्रतिनिधिमा कौशलकिशोर झा, तुलीचन ठकुरी, बालाराम खड्का, टंकमणी घिमिरे, मुरारी तिमिल्सीना र बाबुराम घिमिरे रहेका छन् ।

यसअघि अधिवेशनको उद्घाटन नेपाल निजामती कर्मचारी संगठनका बरिष्ठ केन्द्रीय उपाध्यक्ष लेखनाथ कोईरालाले गरेका थिए । कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य एवम् प्रदेश २ सहईन्चार्ज अच्युत मैनाली, निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य एवम् आधिकारी ट्रेड युनियन बाराका अध्यक्ष राजेन्द्रकुमार कार्की, मञ्जुलता कुशवाहा, पेशागत महासंघका केन्द्रीय सदस्य टिना सुवेदी, दिनेश्वर ठाकुर, निजामती कर्मचारी संगठन प्रदेश २ का अध्यक्ष नौतम पोखरेल, पेशागत महासंघ प्रदेश २ ईन्चार्ज रामविन लाल दास, एमाले बाराका अध्यक्ष देवनारायण चौधरीलगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य मैनाली, पत्रकार महासंघ बाराका पूर्वअध्यक्ष कमलकुमार उपाध्याय, सेवा निवृत्त कर्मचारीद्धय अदालत कुर्मी र दिनेश्वर ठाकुरलाई सम्मान गरिएको थियो । कार्यक्रम कौशल किशोर झाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्