इस्लाम धर्मावलम्बीकाे पर्व रमजान सुरु


eShilalekh

२९ फाल्गुन २०८०, मंगलवार १३:३८

सिमराः इस्लाम धर्मावलम्बीहरुको धार्मिक महिना रमजान आज मंगलबार देखि सुरु भएको छ । जसलाइ रोजा पनि भनिन्छ । इस्लाम धर्मावलम्बीहरुको पाँच स्तम्भ मध्य रोजा पनि एउटा हो । यसकारण रमजान महिनालाई कुरानले ठुलो स्थान दिएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुस्लिम धर्मावलम्बीहरू दिनभर निराहार बस्छन् । बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज (मगरिब) को आजान सुनेर खोल्ने चलन छ ।

मन र शरीरलाई शुद्ध राखेर मात्र रोज बस्नुपर्छ भन्ने मान्यता छ । एक महिनासम्म मनाइने यो चाडमा सात वर्षदेखिका सबै व्यक्तिले अनिवार्य रुपमा रोजा बस्नुपर्छ । नाबालक, बिरामी, जटिल रोग लागेका, महिनावारी र गर्भावस्थामा भने रोजा बस्न अनिवार्य गरिएको छैन ।

रमजानको महिनामा नियमित नमाज पढनु पर्ने र रातीको (इसा) नमाज पढेपछि तरावीको नमाज पढने गर्दछन । रमजान महिनामा जकात र फित्रा (दान) उठाएर गरीबलाई दिइने गरीन्छ । यसरी नै मुसलमानहरु एक महिना रोजा बसेपछि रमजानको अन्तिम दिन फेरि चन्द्रमा हेरेर त्यसको भोलीपल्ट इदको नमाज पढेर इद मनाउने गर्दछन ।

प्रतिक्रिया दिनुहोस्