१५ दिन बित्न नपाउँदै बारामा अर्को बाघ मृत भेटियो


eShilalekh

६ चैत्र २०८०, मंगलवार २१:२१

सिमराः बाराको कोल्हबी नगरपालिका २ स्थित तामागढी सामुदायिक वन क्षेत्रमा मंगलबार दिउँसो एउटा बाघ मृत अवस्थामा भेटिएको हो । टाउकोमा गम्भीर चोट लागेको अवस्थामा अन्दाजी दुई वर्षको पोथी बाघ मृत फेला परेको हो ।

कोल्हबी सव डिभिजन अन्तर्गत पर्ने सामुदायिक वन क्षेत्रमा फेला परेको उक्त बाघ पाँच दिन अघि मरेको हुनसक्ने आशंका गरिएको छ । वन कार्यालय र निकुञ्जका प्राविधिकको टोलीले भेटिएको मृत बाघको ‘स्याम्पल’ लिएको छ ।

‘स्याम्पल’ परिक्षणपछि मात्रै बाघ मृत्यु भएको कारण खुल्न सक्ने वन कार्यालयका कर्मचारीले बताएका छन् । दुई साता अघि बाराको निजगढ ४ स्थित कछाडिया वन क्षेत्रमा एउटा बाघ मृत फेला परेको थियो । फागुन २२ गते मंगलबार कछाडिया जंगलमा मृत भेटिएको बाघको कारण अझै खुल्न सकेको छैन ।

यो संगै बारामा पछिल्लो तीन वर्षमा बारामा पाँच वटा बाघ मरेको छ । यसअघि फाल्गुन दोस्रो साता पर्सा राष्ट्रिय निकुञ्जमा उपचाररत एउटा बाघ मरेको थियो भने फाल्गुन २२ गते निजगढको कछाडिया जंगलमा र २०७९ असोज १४ गते तराई–मधेस (द्रुतमार्ग) मा बाघ मृत भेटिएको थियो । यस्तै २०७७ पुस १८ गते पथलैया–अमलेखगञ्जमा कारको ठक्करबाट एउटा बाघ मरेको थियो ।

सम्बन्धित समाचारः

प्रतिक्रिया दिनुहोस्