बाराप्रहरीद्वारा हुण्डीकारोबार गरेको आरोपमा २ जना पक्राउ
बाराः बारा प्रहरीले हुण्डीकारोबारको आरोपमा २ जनालाई पक्राउ गरेको छ । बिश्रामपुर गाउँपालिका वडा नम्बर ४ मुसहर्वा स्थित सडक खण्ड बाट दुई जनालाई पक्राउ गरी मंगलवार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नं. १ बस्ने वर्ष ३४ को हरिकिशोर प्रसाद पटेल र बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नं. १ बस्ने वर्ष ४२ को रमेश प्रसाद कुशवाहा रहेका छन् ।
प्रदेश २–०३–०१६ प २३३७ नं. को मोटरसाईकलमा भारतबाट नेपालमा लुकाई छुपाई गरि ल्याउने क्रममा श्रोत नखुलेको अवैध रकम फेला परेको हो । प्रहरीका अनुसार पटेलको साथबाट विभिन्न दरको नेपाली रू.१३ लाख ५० हजार रुपैयाँ बरामद भएको छ । उनी नियमित रुपमा भारतबाट अबैध रकम ओसार पसारमा संलग्न रहेको पाईएको बारा प्रहरीले जनाएको छ ।
यता प्रक्राउ परेका अर्का व्यक्ति कुशवाहा महागढिमाई–१ को बरियारपुरमा संचालित आर.के.मनी ट्रान्स्फरका संचालक हुन् । उनले संचालन गरेको मनी ट्रान्स्फरले दुईदिनमा ८ करोड रुपैंयाको शंकास्पद कारोबार गरेको पाईएको प्रहरीले जनाएको छ । उनको कारोबारको विस्तृत अनुसन्धान भैरहेको प्रहरी उपरिक्षक सुरेश प्रसाद काफ्लेले जनाए ।
पक्राउ परेकाहरुमाथी मुद्दा दर्तागरी थप आवश्यक अनुसन्धान कार्य भई रहेको बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिए