रेडक्रस सिमराद्धारा कम्बल वितरण


eShilalekh

३ माघ २०७८, सोमबार ११:३४

सिमरा: नेपाल रेडक्रस सोसाईटी सिमरा उपशाखाले कम्बल वितरण गरेको छ । चिसो बढेसंगै जनजिवन कष्टकर बन्न थालेपछि रेडक्रसले जीतपुरसिमरा १२ पिपरियामा विपन्न समुदायका नागरिकलाई कम्बल वितरण गरेको हो ।

रेडक्रस सिमराका सभापति शिव शर्मासहित पिपरीयास्थित माझी टोल पुगेको रेडक्रसको टोलीले अशक्त, अति विपन्न, एकल महिलासहित २२ जना स्थानियलाई कम्बल वितरण गरेको थियो ।

कम्बल वितरण कार्यक्रममा सचिव रामकुमार उप्रेती, कोषाध्यक्ष गिता लुईटेल, सदस्य भरत धिताल, ग्रिष्मा बस्नेत, वडा नं. १२ का सदस्य राजु राय, पूर्व गाविस उपाध्यक्ष रामविहारी चौधरी, स्थानिय ईश्वर ढकाललगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्