सिमरा जेसिजको पदस्थापन सम्पन्न, अध्यक्षमा अधिकारी


eShilalekh

९ माघ २०७८, आईतवार ०९:५५

सिमरा: सिमरा जेसिजको तेस्रो पदस्थापन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । जेसिज वर्ष २०२२ का लागि नेतृत्वमा चयन भएका अध्यक्षसहित पदाधिकारीको पदस्थापन कार्यक्रम सम्पन्न भएको हो ।

सिमरास्थित प्याराडाईज होटलमा आयोजित कार्यक्रमकाबीच जेसिज वर्ष २०२२ का अध्यक्ष पुरुषोत्तम अधिकारीसहित पदाधिकारीको पदस्थापन भएको हो । जेसिज वर्ष २०२१ का अध्यक्ष शालिकराम अधिकारीले नयाँ अध्यक्षलाई पदस्थापन र सपथ ग्रहण गराएका थिए ।

जेसिजको तेस्रो साधारण सभाबाट चयन गरिएको नेतृत्व बमोजिम अध्यक्ष अधिकारीले अन्य पदाधिकारी र विभिन्न विभागका संयोजक मनोनित गरेका थिए । जेसिजको प्रमुख कार्यकारिणी उपाध्यक्षमा बासुदेव अधिकारी र लक्की रिमाल चयन भएका छन् । यसैगरी उपाध्यक्षको जिम्मेवारी सुविता सुवेदी, अस्मिता शर्मा, सुशील पौडेल र सुयोग अधिकारीलाई दिइएको छ ।

यसैगरी जेसिज सिमराको अध्यक्ष सल्लाहकारमा हरिशरण अधिकारी, राजन उप्रेती, विनोद सापकोटा, देव श्रेष्ठ, दिलिप ढुंगेल र शेखर चौधरीलाई मनोनित गरिएको छ । अध्यक्ष अधिकारीले अध्यक्ष सल्लाहकारसंगै कोषाध्यक्षमा संजीव सुवेदी, कानुनी सल्लाहकारमा रन्जित सापकोटा, महासचिवमा लक्ष्मण अधिकारी, सहकोषाध्यक्षमा मन्जु शर्मा, सहसचिवमा राजकुमार सोडारीलाई मनोनित गरेका छन् ।

पदाधिकारीबाहेक अध्यक्ष अधिकारीले विभिन्न विभागका संयोजक समेत मनोनित गरेका छन् । मनोनित हुनेहरुमा जनसम्पर्कमा मोहन चौलागाई, मेम्बर ग्रोथमा रेवती देवकोटा, तालिम निर्देशक द्धारिका पौडेल, कोष व्यवस्थापनमा रमेश थापा, सचिवालयमा माधव भट्टराई, संचारमा शारदा पोखरेल, शाखा सम्पादकमा भरत आचार्य, योजना निर्माणमा टिकाजंग थापा, युवा सशक्तिकरणमा सुमित अधिकारी, अतिरिक्त क्रियाकलापमा श्यामबाबु रेग्मी, महिला कार्यक्रम संयोजकमा मुना बराल रहेका छन् । मनोनित भएका पदाधिकारी र विभागका संयोजकले समेत सपथ ग्रहण गरेका छन् ।

यसअघि कार्यक्रमको उद्घाटन मधेस प्रदेशका प्रदेश सभा सदस्य सुन्दर विश्वकर्माले गरेका थिए । कार्यक्रममा प्रदेश सभा सदस्य शोभा लामा, जीतपुरसिमरा उपमहानगरपालिकाकी नगर उपप्रमुख सरस्वतीदेवी चौधरी, विभिन्न राजनितिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि, जेसिजको विभिन्न शाखाका अध्यक्ष तथा प्रतिनिधि सहभागी थिए ।

कार्यक्रममा जेसिजको अभियानमा सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । जेसिज वर्ष २०२१ का अध्यक्ष शालिकराम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन लक्ष्मण अधिकारीले गरेका थिए । कार्यक्रममा रन्जित सापकोटाले स्वागत मन्तब्य राखेका थिए ।

४० वर्ष मुनिका युवाहरुको सहभागिता गराई सिमरामा तीन वर्ष अघि जेसिज स्थापना भएको थियो । संस्थापक अध्यक्ष धनन्जय थोकर र शालिकराम अधिकारीले यसअघि जेसिजको नेतृत्वमा रहेर काम गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्