कलैया उपमहानगरपालिका फूटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा ज्वाला दल बिजयी


eShilalekh

३ जेष्ठ २०८१, बिहीबार २१:३०

सिमराः नेपाली सेनाको श्री ज्वाला दल गणले दोस्रो कलैया उपमहानगरपालिका फूटबल प्रतियोगितामा बिजयी सुरुवात गरेको छ । भोडाहामा बिहीबार भएको उद्घाटन खेलमा अमृतज्योती स्पोर्ट्स क्लबमाथि ज्वाला दलले ९–० को जित निकालेको हो ।

ज्वाला दलको जितमा मदन डांगीले ह्याट्रिक गरेका थिए । उनि प्लेयर अफ दि म्याच घोषित भए । उनले एक हजार नगद प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत शुक्रबार न्यू जनजागृति युवा क्लब निजगढ र सिद्धीबाबा युवा क्लब अमलेखगञ्जबीच खेल हुनेछ । कलैया उपमहानगरपालिकाको सहयोगमा नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ ।

जेठ १० गतेसम्म आयोजना हुने प्रतियोगितामा ज्वाला दल, अमृतज्योती, न्यू जनजागृति, सिद्धिबाबा, समाज विकास युवा क्लब भोडाहा, सनराईजिङ क्लब उमजन, जनप्रगति युवा क्लब करैयामाई, उजाला युवा क्लब बरेवाको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले २० हजार प्राप्त गर्नेछन् ।

यसअघि प्रतियोगिताको उद्घाटन कलैया उपमहानगरपालिकाकी नगर उपप्रमुख रौशन प्रविणले गरेकी थिईन् । नगर खेलकुद विकास समितिका अध्यक्ष एम समिउल्लाहको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा प्रमुख प्रशासकीय अधिकृत नाथु साह, वडा नं. २१ का वडाध्यक्ष शिवबिहारी चौधरी, वडा नं. २ का वडाध्यक्ष राजेश कुमार महतो, वडा नं. २२ का वडाध्यक्ष शिउ चन्द्र कामी, जिल्ला फूटवल संघका सचिव विनोद साहलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्